भारतद्वारा पाकिस्तानमा मिसाइल प्रहार प्रकरण : तीन अधिकारी बर्खास्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारतद्वारा पाकिस्तानमा मिसाइल प्रहार प्रकरण : तीन अधिकारी बर्खास्त


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । भारतको मिसाइल ‘गल्ती’ ले पाकिस्तानी भूभागमा खसेको विषयमा अनुसन्धान सम्पन्न भएको छ । अनुसन्धानमा तीन अधिकारीले न्यूनतम सञ्चालनको कार्यविधि पुरा नगरेको कारण अचानक मिसाइल प्रहार भएको उल्लेख गरिएको छ ।

घटनामा संलग्न तीन अधिकारीलाई घटनामा जिम्मेवार ठहर गरिएको छ। केन्द्र सरकारले तत्काल लागू हुने गरी तीन अधिकारीलाई सेवाबाट बर्खास्त गरेको छ। अधिकारीहरूलाई आज नै जागिरबाट हटाउने आदेश दिइएको छ ।

यसै वर्ष ९ मार्चमा भारतले ‘गल्तीले’ पाकिस्तानको भूभागमा ब्रह्मोस मिसाइल प्रहार गरेको थियो। यो मिसाइल पाकिस्तानको चान्नु क्षेत्रमा खसेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस