गृहमन्त्रीका पीएसओ कार्कीमाथि छानबिन सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्रीका पीएसओ कार्कीमाथि छानबिन सुरु


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । प्रहरी प्रधान कार्यालयले गृहमन्त्री बालकृष्ण खाँणका पीएसओ टङ्क कार्कीमाथि छानबिन थालेको जनाएको छ । सञ्चारमाध्यममा उनको अनुचित कार्यबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रधान कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सो सम्बन्धमा सई टङ्क कार्कीलाई तत्कालै प्रहरी प्रधान कार्यालयमा झिकाई छानबिन तथा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता टेक प्रसाद राईले जानकारी दिए । 

छानबिन तथा अनुसन्धान पश्चात् निज दोषी देखिए कानुन बमोजिम कारबाही राईले बताए । सई कार्कीमाथि प्रहरी वृत्त गौशालाको हिरासत दुरुपयोग गरेर एकजना युवकलाई थुनामा राखेको र पक्राउ परेकाको गाडीमा फेला परेको ४ लाख नगद ‘गायब’ बनाएको आरोप लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस