सर्वोच्चले सुनायो कर्मचारी समायोजन मुद्दामा फैसला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सर्वोच्चले सुनायो कर्मचारी समायोजन मुद्दामा फैसला


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी मुद्दामा मंगलबार फैसला सुनाएको छ ।

समायोजन अन्यायपूर्ण भएको भन्दै कर्मचारीहरूले दायर गरेको रिटमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासले फैसला सुनाएको हो ।

संवैधानिक इजलासले समायोजनसम्बन्धी ९८ मुद्दामा मंगलबार निर्णय सुनाउने भनी तोकेको थियो । जसमध्ये कतिपयको रिट खारेज भएको छ भने कतिपय मुद्दामा निवेदकको माग अनुसार रिट जारी गरेको छ ।

निवेदन खारेज भएका मुद्दाका निवेदक कर्मचारीहरू अहिले बहाल भएकै स्थानमा काम गर्नुपर्नेछ । त्यस्तै रिट जारी भएका मुद्दाका निवेदक कर्मचारीहरूको समायोजन बदर भएको छ । अब सरकारले सर्वोच्च अदालतको आदेश अनुसार उनीहरूको व्यवस्थापन गर्नुपर्नेछ ।

यद्यपि सर्वोच्च अदालतबाट आदेशको लिखित रूप आएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस