थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि, ४१७ जना कोरोना मुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि, ४१७ जना कोरोना मुक्त


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४९ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये २ हजार ७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जना र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २२१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस