सरकारी कार्यालयबाट प्रवाह हुने सेवा चुस्त बनाउन प्रमुख जिल्ला अधिकारी जोशीको निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारी कार्यालयबाट प्रवाह हुने सेवा चुस्त बनाउन प्रमुख जिल्ला अधिकारी जोशीको निर्देशन


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सरकारी कार्यालयबाट प्रवाह हुने सेवा चुस्त बनाउन निर्देशन दिएका छन् । मंगलवार प्रशासन कार्यालयमा बसेको जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारी र सञ्चारकर्मीसंगको मासीक बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन ।

जिल्लास्थित सरकारी कार्यालयहरुबाट सूचना दिन आनाकानी र प्राप्त सूचना नै नदिने प्रवृत्तीको अन्त्य गर्न प्रशासन कार्यालयले नियमीत बैठक बसाल्ने योजना पनि बनाएको छ । बैठकमा सहभागि सञ्चारकर्मीहरुले बिगतको तुलनामा अहिले जिल्लास्थित सरकारी कार्यालयहरुबाट सूचना प्राप्त गर्न सहज भएको बताएका छन ।

बिगतमा कुनै सूचनाका लागि पटक–पटक माग गर्दा पनि सूचना नै नपाउने प्रवृत्तीको अन्त्य हुन थालेको सञ्चारकर्मीहरुको भनाई छ । जिल्लास्थित सरकारी कार्यालयहरुबाट सूचना प्राप्त गर्नका लागि सहज भइरहेको भएपनि स्थानीयतहबाट भने पर्याप्त सूचना पाउन नसकीएको उनीहरुको भनाइ थियो ।

सञ्चारकर्मीको गुनासोमा प्रमुख जिल्ला अधिकारी जोशीले अबका बैठकमा डडेल्धुरा जिल्लाका सात वटै स्थानीय तहका सूचना अधिकारीहरुलाई पनि बैठकमा अनिवार्य सहभागिताका लागि पहल चाल्ने बताए ।

मासिक बैठकमा जिल्लास्थित सरकारी कार्यालयहरुका सूचना अधिकारीहरुले एक महिनामा गरेको कार्य बिवरणहरु समेत प्रस्तुत गर्ने गरेका छन भने गरिएका कार्यहरुको समेत समिक्षा गर्ने गरीएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस