२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चले आफैले बनाएको समिति भंग गरेपछि भारतमाथि फिफाको निलम्बन हट्ने विश्वास

अ+ अ-

काठमाडौँ । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई सञ्चालन गर्ने बनाइएको समितिलाई भारतको सर्वोच्च अदालतले भंग गरेको छ।

एआईएफएफलाई फिफाले निलम्बन गरेपछि भारतीय फुटबलमा तरंग पैदा भएको थियो। निलम्बनका कारण यो वर्ष भारतमा हुने यू-१७ महिला फुटबल विश्वकपको आयोजनाको अधिकार समेत खोसिएको थियो।

सर्वोच्च अदालतले सोमबार अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई संचालन गर्ने प्रशासक समितिलाई भंग गरेको हो।

एआईएफएफको अध्यक्ष पदबाट प्रफुल्ल पटेललाई हटाएपछि बोर्ड चलाउन यो समिति गठन गरिएको थियो। तर फिफाले समिति बनाएकोमा तेस्रो पक्षको हस्तक्षेप भन्दै भारतलाई निलम्बन गरेको थियो।

जसका कराण सर्वोच्च अदालतले आफैले बनाएको समिति भंग गरेको हो।

सर्वोच्च अदालतको निर्देशनअनुसार अब एआईएफएफको पूर्ण सञ्चालन वर्तमान महासचिव सुनन्दो धरले गर्नेछन्।यसले फिफा निलम्बन हटाउन मद्दत गर्ने विश्वास गरिएको छ।

सर्वोच्च अदालतले एआईएफएफको निर्वाचन एक साताका लागि स्थगित गरेको छ, अगस्ट २८ मा हुने भनिएको निर्वाचन अब केही ढिलो हुनेछ जसका कारण प्रणालीलाई व्यवस्थित गर्न सकिनेछ।

फिफाले एआईएफएफमा विधान कार्यान्वयन र निर्वाचनमा निरन्तर जोड दिएको थियो।

तर भारतको आन्तरिक राजनीतिका कारण त्यो हुन सकेन। राष्ट्रवादी कांग्रेस पार्टीका नेता प्रफुल्ल पटेल करिब १२ वर्षसम्म एआईएफएफको अध्यक्ष थिए र उनी आफ्नो पदबाट हट्न तयार थिएनन्। अन्ततः २०२२ मा उनलाई सर्वोच्च अदालतले पदबाट हटायो र पछि प्रशासकहरूको एक समिति गठन गरियो, जसलाई एआईएफएफको सञ्चालनको जिम्मा दिइएको थियो।

यद्यपी, फिफा यसबाट सन्तुष्ट थिएन किनभने यसले एआईएफएफलाई पूर्ण रूपमा स्वतन्त्र बनाउन पनि सकेन।

अक्टोबर ११ बाट भारतमा यु-१७ महिला फुटबल विश्वकप सुरु हुने तय थियो। फिफाले निलम्बन लगाएपछि आयोजना समस्यामा परेको थियो।

तर अब सर्वोच्च अदालतले फेरि एक पटक एआईएफएफको बोर्डलाई नै सम्पूर्ण कार्यभार सुम्पिसकेकोले फिफाले आफ्नो निलम्बनबारे सोच्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस