२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र बंगलादेशबीच ऊर्जा सचिवस्तरीय बैठक बस्दै

अ+ अ-

काठमाडौँ । नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय बैठकको तयारी सकिएको छ । भोलि बुधबार र विहीबार बस्ने दुई देशका ऊर्जा सचिवस्तरीय बैठकको तयारी सकिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

बैठकका लागि बंगलादेशबाट प्रतिनिधिमण्डल काठमाडौं आइसकेको छ । बुधबार र बिहीबारका लागि काठमाडौँ आइसकेको बंगलादेशी प्रतिनिधिमण्डलले हिजो ऊर्जा, जलस्रोत तथा सिञ्चाईको मन्त्री पम्फा भुषाललाई भेट गरिसकेको छ ।

यस्तै, नेपाली टोलीसहित बंगलादेशी टोली सुनकोसी-३ जलविद्युत आयोजनाको निर्माणस्थलको निरीक्षणमा निस्किएको छ । निरीक्षणमा ऊर्जा मन्त्रालयका सह–सचिव मधु भेटवाल, विद्युत विकास विभागका महानिर्देशक सन्दीप देव, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ छन् ।

यस्तै, निरीक्षणमा बंगलादेशका तर्फबाट सचिवस्तरीय बैठकमा उपस्थित हुन नेपाल आएका बंगलादेशी टोलीमा त्यहाँको पावर डिभिजनका सचिव हबिबुर रहमान, अतिरिक्त सचिव मोहसनि चौधरी, बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष बहबुबर रहमान, पावर ग्रीड कम्पनी अफ बंगलादेशका कार्यकारी निर्देशक गोलम क्रिबिया छन् ।

भोलि हुने बैठकमा नेपाली पक्षले बंगलादेशलाई ६८३ मेगावाट क्षमताको सुनकोसी–३ जलविद्युत आयोजना मिलेर बनाउन प्रस्ताव गर्नेछ । यस आयोजनाको विस्तृत अध्ययन, डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस