बन्दका कारण बालबालिकाको पढाइ प्रभावित भएकोमा चिन्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बन्दका कारण बालबालिकाको पढाइ प्रभावित भएकोमा चिन्ता


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) विभिन्न चार वाम समूहले आज आह्वान गरेको भनिएको बन्दका काण लाखौँ बालबालिकाको शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित भएको जनाएको छ ।

बन्दको त्रासका कारण काठमाडौँलगायतका स्थानका विद्यालय बन्द भएकामा सो अभियानले चिन्ता पनि व्यक्त गरेको छ ।

सो अभियानका अध्यक्ष राजेश शर्मा र महासचिव मीना शर्माद्वारा जारी विज्ञप्तिमा बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने स्थापित मान्यतालाई बेवास्ता गरेर बन्द आह्वान गरिएकामा आपत्ति जनाइएको छ । यस्ता बन्दका कार्यक्रम फिर्ता लिन र शान्तिपूर्ण क्रियाकलापबाट आफ्ना राजनीतिक मुद्दा उठाउन पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस