फिलिपिन्समा कोभिडका कारण बन्द भएका विद्यालय २ वर्षपछि खुले « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

फिलिपिन्समा कोभिडका कारण बन्द भएका विद्यालय २ वर्षपछि खुले


७ भाद्र २०७९, मंगलबार


फिलिपिन्स । जोनास डोइने फिलिपिन्सको एउटा विद्यालयमा अनलाइनमार्फत कक्षा ३ मा पढ्छन् । तर भौतिक रूपमा उनी कहिल्यै विद्यालय जान पाएका छैनन् ।

उनले कहिल्यै पनि हात उठाएर शिक्षकलाई प्रश्न सोध्न सोधेका छैनन् । नत साथीको छेउमा बसेका छन् । विद्यालय पोसाक त लगाएकै छैनन् । फिलिपिन्समा सरकारले कोभिड रोक्न विश्वको सबैभन्दा लामो तालाबन्दी लगाएको थियो जसका कारण उनीसहित २ करोड ७० लाख विद्यार्थी दुई वर्षदेखि अनलाइन अध्ययन गरेका थिए ।

तर, सरकारले कक्षा सञ्चालन गर्ने घोषणा गरेसँगै सोमबारबाट भौतिक रूपमा विद्यालय सञ्चालन भएका छन् । कोभिडका कारण सन् २०२० को मार्चदेखि देशका अधिकांश विद्यालय बन्द रहेका थिए ।

लामो समय विद्यालय सञ्चालन नहुँदा विज्ञहरूले देशमा शैक्षिक क्षेत्रमा सङ्कट निम्तिएको भन्दै सरकारलाई विद्यालय सञ्चालन गर्न सुझाउ दिँदै आएका थिए ।

फिलिपिन्स दक्षिण पूर्व एसियामा महामारीबाट सबैभन्दा बढी प्रभावित हुने देशमध्ये एक थियो । तत्कालीन राष्ट्रपति रोड्रिगो दुतेर्तेले लामो कोरोनाभाइरस तालाबन्दी घोषणा गरेका थिए, जसका कारण विद्यालय प्रभावित भएका थिए ।

लामो समयसम्म विद्यालय बन्द हुँदा फिलिपिन्सका बालबालिकाहरूमा साक्षरता दर घट्न सक्ने डर पैदा भएको थियो । विद्यालय बन्द हुँदा धेरै विद्यार्थीहरूले सीप गुमाएको फिलिपिन्समा सरोकारवाला शिक्षकहरूको गठबन्धनको राष्ट्रिय अध्यक्ष भ्लादिमिर क्वेटुआलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस