काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा एकल अंकको गिरावट भएको छ । आइतबार ७.७२ अंकले गिरावट भएको नेप्से सोमबार पनि घटेको छ ।
सोमबार बजार परिसूचक नेप्से ७.२४ अंक (०.३५ प्रतिशत) ले गिरावट हुँदा २०५३.३० अंकमा बन्द भएको हो । सोमबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।
नेप्सेमा सामान्य गिरावट हुँदा सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार २ अर्ब ४ करोड ७० लाख ९४ हजारको कारोबार भएकोमा सोमबार कारोबार रकम २ अर्बबाट तल झरेको छ ।
नेप्सेमा सोमबार ५२ लाख ३० हजार ७६३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजारको कारोबार भएको छ । जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको २८ करोड १८ लाख ७१ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ८ करोड ५० लाख ३६ हजारको कारोबार भएको छ ।