कारमा खटिने शान्ति सैनिकको अदली बदली « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कारमा खटिने शान्ति सैनिकको अदली बदली


६ भाद्र २०७९, सोमबार


काठमाडौँ । संयुक्त राष्ट्रसंघीय मिसन मिनुस्का, कारमा खटिएका नेपाली सैनिकको टिमलाई अदली बदली गरिएको छ । भदौ ६ मा सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार)मा तैनाथ शान्ति सैनिकलाई बदली गर्न प्रमुख सेनानी विजय बस्नेत नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शान्ति सेना आठौँ डफ्फामा ११६ जना शान्ति सैनिक छन् । कारमा तैनाथ हुन जानेमा कालीजंग गणको पहिलो डफ्फाको एडभान्स टिम र सैनिक प्रहरी युनिट छन् ।

नेपालबाट गएका टोलीलाई मिसनको जिम्मेवारी हस्तान्तरण गरेर त्यहाँ कार्यरत टिम फर्किने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस