२० हजार बालबालिकालाई विद्यालयमै फाइजर भ्याक्सिन लगाइदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

२० हजार बालबालिकालाई विद्यालयमै फाइजर भ्याक्सिन लगाइदै


६ भाद्र २०७९, सोमबार


काठमाडौँ । दार्चुलाका २० हजार बढि बालबालिकालाई सोमबारबाट विद्यालयमै कोरोनाविरुद्धको फाइजर भ्याक्सिन खोप दिन थालिएको छ ।

पाँचदेखि ११ वर्ष मुनिका जिल्लाभरीका २० हजार ३ सय ९२ जना बालबालिकालाई कोरोनाविरुद्धको फाइजर भ्याक्सिन खोप दिन थालिएको हो ।

स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुरपरभाइजर बीरेन्द्र भट्टका अनुसार यही सोमबारदेखि १० गतेसम्म जिल्लाभरी खोप अभियान सुरु भएको छ । ९ वटै स्थानीय तहका चार सय २९ वटा खोप केन्द्रमार्फत खोप लगाउन थालिएको हो । खोप अभियानका लागि एक सय ५७ जना खोप दिने स्वास्थ्यकर्मी, ९८ जना सुपरिवेक्षक र आठ सय ९२ जना स्वयंसेवक परिचालन गरिएको छ ।

भट्टका अनुसार महाकाली नगरपालिकामा ६४ वटा खोप केन्द्रमा चार हजार एक सय ४४ बालबालिका, मालिकार्जुन गाउँपालिकामा ५९ वटा खोप केन्द्रमार्फत दुई हजार ८९ जना बालबालिका, अपिहिमाल गाउँपालिकामा २८ वटा खोप केन्द्रमा नौ सय ६ बालबालिका, लेकम गाउँपालिकामा ५३ वटा खोप केन्द्रमा एक हजार सात सय ९२ बालबालिका, शैल्यशिखर नगरपालिकामा ७० वटा खोप केन्द्रमा तीन हजार ६ सय ४६ बालबालिकाले खोप पाउने छन् ।

यसैगरी नौगाड गाउँपालिकामा ५५ वटा खोप केन्द्रमा दुई हजार नौ सय २२ बालबालिका, मार्मा गाउँपालिकामा ४५ वटा खोप केन्द्रमा दुई हजार तीन सय ५३ बालबालिका, दुहुँ गाउँपालिकामा ३० वटा खोप केन्द्रमा एक हजार दुई सय ४५ बालबालिका र व्याँस गाउँपालिकामा २५ वटा खोप केन्द्रमा एक हजार दुई सय ९५ जना बालबालिकाले कोरोनाविरुद्धको फाइजर भ्याक्सिन खोप पाउने छन् ।

जिल्लाभरीका बालबालिकालाई खोप लगाउन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट कुल ४० हजार पाँच सय डोज फाइजर खोप प्राप्त भएको भट्टले बताए । खोपको पहिलो मात्रा दिएको २१ दिनपछि बालबालिकालाई दोस्रो मात्राको खोप दिइनेछ । जिल्लामा हालसम्म ९७ हजार १ सय ११ जनाले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन् भने ४७ हजार पाँच सय जनाले ‘बुस्टर डोज’ खोप लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस