आयोगले १२ दललाई छलफलमा बोलायो  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आयोगले १२ दललाई छलफलमा बोलायो 


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले सङ्घ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ । सोमबार बिहान साढे ११ बजे पार्टीका नेताहरूलाई परामर्शका लागि बोलाइएको हो ।

उनीहरूसित निर्वाचन आचारसंहितालगायत विषयमा छलफल हुने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी समेत गरेको छ ।

आउँदो मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने तय छ ।

Tags :
प्रतिक्रिया दिनुहोस