काठमाडौँ । पोखरा विमानस्थलको आम्दानी अहिलेसम्मकै उच्च भएको छ ।
विमानस्थलका अनुसार गत आर्थिक वर्ष २०७८-७९ मा पोखरा विमानस्थलले ११ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कोरोना भाइरस सङ्क्रमणपछि आन्तरिक र विदेशी पाहुनाको आगमन बढेसँगै विमानस्थलको आम्दानी बढेको हो ।