काठमाडौँ । आज नेपाली काँग्रेसका नेता प्रदीप गिरिको अन्त्येष्टि गरिने भएको छ ।
शनिबार (हिजो) राति ७५ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएका गिरिको आज हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिने छ।
काँग्रेस संसदीय दलको कार्यालयका अनुसार उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा आज बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने भएको छ।
त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने छ। त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।
सम्बन्धित समाचार : काँग्रेस नेता प्रदीप गिरीको निधन