माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, अरू पदाधिकारीमा को को परे ? (सूचीसहित) « प्रशासन
Logo १० चैत्र २०७९, शुक्रबार
   

माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, अरू पदाधिकारीमा को को परे ? (सूचीसहित)


४ भाद्र २०७९, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको प्रस्ताव राखेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा उनले पदाधिकारीहरुको नाम प्रस्ताव गरेका हुन्, जसअनुसार महासचिवमा देव गुरुङ छन्

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा प्रस्ताव भएका छन् । त्यस्तै उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल रहेका छन् ।

त्यस्तैगरी दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिव प्रस्ताव गरिएको छ ।

कोषाध्यक्षमा श्रीराम ढकाललाई प्रताव गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस