गुल्मीको जंगलमा महिलाको शव फेला « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गुल्मीको जंगलमा महिलाको शव फेला


४ भाद्र २०७९, शनिबार


गुल्मी। गुल्मीको इस्मा गाउँपालिका-१ हस्तीचौर स्थित बसेनी सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ ।

शनिबार स्थानीय वासिन्दाले गाईवस्तु चराउने क्रममा शव देखेपछि वडाअध्यक्षलाई खबर गरेका थिए । शवको पहिचानको लागि प्रहरीलाई खबर गरिएको वडाअध्यक्ष शेरबहादुर कुँवरले बताए ।

शरीरमा रातो चोलो लगाएको आधारमा शव महिलाको हुनसक्ने अनुमान गरिएको वडाअध्यक्ष कुँवरले बताए । शवको पहिचान र थप अनुसन्धानको लागि टोली खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस