उपसभामुख पुष्पा भुसाललाई मातृ शोक « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

उपसभामुख पुष्पा भुसाललाई मातृ शोक


४ भाद्र २०७९, शनिबार


काठमाडौँ । उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृ शोक परेको छ।

उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको आज बुढानीलकण्ठस्थित निवासमा निधन भएको हो।

दिवङ्गत गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक नेता वीपी कोइराला नेतृत्वको पहिलो जन निर्वाचित सरकारका स्वास्थ्य मन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन् ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस