२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडा औद्योगिक क्षेत्रका २ उद्योगमा सिलबन्दी

अ+ अ-

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित दुई उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सिलबन्दी गरेको छ ।

मानव र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको जनाएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेको नेतृत्वमा औद्योगिक क्षेत्रमा अनुगमनमा खटिएको टोलीले अनामिका खाद्य उद्योग र भ्याली फिड प्रालि उद्योगमा सिलबन्दी गरेको हो ।

अनामिका उद्योगले २०७६ सालदेखि खाद्यपदार्थको अनुज्ञापत्र नलिएर गैरकानुनीरुपमा खाद्य पदार्थको उत्पादन गरी सञ्चालनमा रहेको छ भने भ्याली फिड उद्योगले उत्पादन गरेको बोरामा उत्पादन मिति र उपभोग्य मिति नलेखेर उपभोक्तालाई ठगी गरेकाले कानुनी प्रक्रिया पूरा नभएसम्म सिलबन्दी रहने बताइएको छ ।

भ्याली फिडको १३ हजार केजीको नौ लाख २३ हजार मूल्य बराबरको दुई सय ६० बोरा दाना बिक्री वितरणमा प्रशासनले रोक लगाएको छ । साथै तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजपत्रसहित उपस्थितिका लागि निर्देशनसमेत सहायक प्रमुख जिल्ला अधिकारी गैरेले दिए ।