माओवादी केन्द्रको पदाधिकारी आज पनि टुंगो लागेन, बैठक फेरि भोलि बस्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

माओवादी केन्द्रको पदाधिकारी आज पनि टुंगो लागेन, बैठक फेरि भोलि बस्ने


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । आज बिहान बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले पदाधिकारीको टुंगो लगाउन सकेन।

बैठकपछि माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भोलि (शनिबार) बैठक बसेर पदाधिकारीको टुंगो लगाउने बताए।

पदाधिकारी टुंगो लगाउन शुक्रबार बिहान १० बजेतिर माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको थियो। अझै पनि पदाधिकारी चयनमा विवाद कायमै रहेकाले माओवादी केन्द्रले भोलिसम्म थप गृहकार्य गर्ने भएको हो।

पार्टी महासचिवमा देव गुरुङको नाममा सहमति जुटेको बताइएपनि त्यसको समेत टुंगो लगाएको छैन।

बुधबार बसेको पार्टीको बैठकले पदाधिकारीबाहेक सबै समितिको टुंगो लगाइसकेको छ।

त्यस्तै, उपाध्यक्षमा स्थायी कमिटी सदस्यहरु दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको नाम अनुमोदन भएको बताइएको छ। उपमहासचिवमा भने वर्षमान पुन, जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेलको नाममा लगभग सहमति जुटेको नेताहरुले बताएका छन्।

वर्षमान पुन र जनार्दन शर्मा महासचिवका दावेदार भए पनि दुवैबीच सहमति नभएपछि प्रचण्डले उपमहासचिव बनाएको बताइएको छ।

गत पुस १८ मा सम्पन्न भएको महाधिवेशनले २३६ जना केन्द्रीय सदस्यको नाम अनुमोदन गरेको थियो। केन्द्रीय कमिटी २९९ सदस्यीय हुने भनिए पनि बाँकी सदस्यहरु मनोनयन हुन बाँकी रहेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस