तीन नेपाली चलचित्र एकसाथ प्रदर्शन हुदैँ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

तीन नेपाली चलचित्र एकसाथ प्रदर्शन हुदैँ


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज शुक्रबार एकसाथ तीन ओटा नेपाली चलचित्र प्रदर्शनमा आउने भएको छ ।  

‘प्रेमगञ्ज’ ,‘कृष्ण लीला’ र ‘माइकल अधिकारी’ लाई एकैसाथ आजबाट  देख्न सकिने छ । परिच्छेद सेनद्वारा निर्देशित चलचित्र ‘प्रेमगञ्ज’ मा बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँको मुख्य अभिनय रहेको छ ।

चलचित्रमा नरेश ढकाल, रश्मी भट्ट, गीता अधिकारी, सन्जोग रसाइली, पवन भट्टराई र बाल कलाकार आयुषी ढकाल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

दीपक ओलीको फिल्म ‘कृष्ण लीला’ मा पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा छन् । बुद्धि तामाङ, रवीन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतको पनि अभिनय रहेको यस चलचित्रलाई श्रीकृष्ण र राधालाई प्रेमको प्रतिकको रूपमा लिने गरिन्छ । 

रञ्जित गुप्ताले निर्देशन गरेको फिल्म ‘माइकल अधिकारी’ पनि रिलिज भएको छ । फिल्ममा सौगात मल्ल र श्रृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । चलचित्रमा एनि कुँवर, अशान्त शर्मा, हेमन्त बुढाथोकी, लुनिभा तुलाधरलगायतको पनि अभिनय रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस