अफगानिस्तानलाई ७ विकेटले हराउँदै आयरल्याण्डले जित्यो सिरिज « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अफगानिस्तानलाई ७ विकेटले हराउँदै आयरल्याण्डले जित्यो सिरिज


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । अफगानिस्तानलाई निर्णायक खेलमा डिएल नियमअनुसार ७ विकेटले हराउँदै आयरल्याण्डले सिरिज जितेको छ।

वर्षाले प्रभावित खेलमा ७ ओभरमा ५६ रनको लक्ष्य पाएको घरेलु टोली आयरल्याण्डले २ बल बाँकी छँदै ३ विकेट गुमाएर पुरा गर्‍यो।

उसका लागि लोर्कान टुककेरले १२ बलमा १४ रन बनाउँदा पउल स्टर्लिङले १० बलमा १० रन बनाए।

अफगानिस्तानका लागि मुजिव उर रहमानले २ तथा रासिद खानले १ विकेट लिए।

यसअघि १५ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै ९५ रन बनाएको थियो।

उसका लागि उसमान घानीले सर्वाधिक नटआउट ४४ रन बनाए। अजमातुल्लाह ओमारजाईले १५ रन बनाउँदा नाजिबुल्लाह जर्दान र हज्रतुल्लाह जजाईले समान १०(१० रन बनाए।

आयरल्याण्डका मार्क एडियरले ३ तथा जोश लिट्लेले २ विकेट लिए।

Tags :
प्रतिक्रिया दिनुहोस