नेदरल्याण्डलाई हराउँदै पाकिस्तान अग्र स्थानमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेदरल्याण्डलाई हराउँदै पाकिस्तान अग्र स्थानमा


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । घरेलु टोली नेदरल्याण्डलाई १६ रनले हराउँदै पाकिस्तानले तीन खेलको एक दिवसीय सिरिजमा अग्रता लिएको छ।

रोटरडममा पाकिस्तानले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रन मात्रै बनाउन सक्यो ।

उसका लागि स्कट एड वार्डले सर्वाधिक नटआउट ७१ रन बनाउँदा टम कुपर र बिक्रमजीत सिंहले समान ६५(६५ रन जोडे।

बलिङतर्फ पाकिस्तानका ह्यारिस रौफ र नशिम शाहले समान ३(३ विकेट लिए। मोहम्मद वासिम र मोहम्मद नजावले १(१ विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१४ रन बनायो। उसका लागि फखर जमामले १ सय ९ रनको सतकीय इनिङ्स खेले। कप्तान बाबर आजमले ७४ रन रन जोड्दा शादब खानले अभिजित ४८ रन बनाए।

नेदरल्याण्ड्सका लागि लोगान भान बीक र बास डे लिडेले समान २(२ विकेट लिए।

तीन खेलको एक दिवसीय शृङ्खला खेल्न पाकिस्तान नेदरल्याण्ड्सको भ्रमणमा छ। दोस्रो खेल भोलि हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस