२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुपारी नियन्त्रण प्रकरणमा म्याद बुझ्न अस्वीकार गरेपछि भन्सारलाई अदालतको चेतावनी

अ+ अ-

काठमाडौँ । प्रहरीले बरामद गरेको ८ ट्रक सुपारीको विषयमा उच्च अदालतमा परेको मुद्दाका सम्बन्धमा जारी भएको म्याद सूचना भन्सार विभागले बुझ्न अस्वीकार गरेकोप्रति उच्च अदालत विराटनगरले असन्तुष्टि जनाएको छ ।

उच्च अदालत विराटनगरका न्यायाधीश द्वय रामबहादुर थापा र मिलन कुमार राईको संयुक्त इजलासले म्याद बुझ्न इन्कार गरेको भन्सार विभाग प्रमुखलाई म्याद तामेलीमा बाधा अवरोध गरे कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ ।

‘विपक्षीले अदालतबाट जारी भएको म्याद सूचना बुझिलिन इन्कार गरेउपर यस इजलासको गम्भीर ध्यानाकर्षण भएको छ,’ उच्च अदालतको आदेशमा भनिएको छ, ‘यसरी अदालतबाट जारी भएको म्याद सूचना बुझिलिन इन्कार गरेमा वा म्याद सूचना तामेलीमा बाधा अवरोध खडा गरेमा कानुनबमोजिम कारबाही हुन सक्ने ब्यहोरा भन्सार विभाग प्रमुखलाई ध्यानाकर्षणसमेत गराई रिटपूर्वक म्याद तामेली गरी नियमानुसार पेस गर्नू ।’

यसअघि उच्च अदालत विराटनगरका न्यायाधीश मिलन कुमार राईको एकल इजलासले आइतबार पक्ष र विपक्ष दुवैलाई आजका लागि छलफलमा उपस्थित हुन आदेश गरेको थियो । 

८ वटा ट्रक सुपारीका निर्यातकर्ता विराटनगर–९ को मनकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरेले गत बिहीबार उत्प्रेषण परमादेश माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ, भन्सार विभाग, भन्सार कार्यालय विराटनगर र राजस्व अनुसन्धान कार्यालय इटहरीलाई विपक्षी बनाउँदै रिट निवेदन दायर गरेका थिए ।

सुपारी कारोबारी दीपक पोखरेलको समूहले सरकारी कोटा प्राप्त गरी इन्डोनेसियाबाट आयात गरेको सुपारीलाई नेपालमा उत्पादन गरिएको भन्ने झुटो कागजात तयार गरेर भारत निर्यात गरिरहेका बेला नियन्त्रणमा लिएको थियो । 

नियन्त्रणमा लिइएको सुपारीको मूल्य ८ करोड ६३ लाख ८१ हजार ५६८ रुपैयाँ बताइएको छ । राजस्व अनुसन्धान विभागले आफ्ना निकायका कार्यालयले भारतीय भन्सारले लगाएको सिलबन्दीलाई खोल्न नसक्ने बताएसँगै निर्यात गर्न लागिएको सुपारी अहिले राजस्व अनुसन्धान कार्यालय इटहरीको परिसरमै थन्किएको छ ।

प्रतिक्रिया दिनुहोस