३६ लाख नगदसहित दुईजना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

३६ लाख नगदसहित दुईजना पक्राउ


३१ श्रावण २०७९, मंगलबार


सर्लाही । सर्लाहीको  बरहथवाबाट रकमसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले रु  ३६ लाख  नगद र  गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका-७ स्थायी घर भई काठमाडौँको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण–२ दुवाकोटका ३१ वर्षीय विशाल खत्री रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए। 

मोटरसाइकलसहित उनीहरूलाई रोकेर प्रहरीले खानतलासी गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस