५ वर्षमाथिका बालबालिकालाई भदौ ५ देखि कोरोना खोप लगाइने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

५ वर्षमाथिका बालबालिकालाई भदौ ५ देखि कोरोना खोप लगाइने


३१ श्रावण २०७९, मंगलबार


बैतडी । सुदूरपश्चिम प्रदेशका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार भदौ ५ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुनेछ ।

खोप अभियान बैतडी, दार्चुला, अछाम, डोटी र बाजुरामा सुरु हुने जनाइएको छ। उक्त उमेर समूहका बालबालिकालाई फाइजर खोप दिइनेछ। अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिइएको छ ।

भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा फाइजर खोप लगाइने जनाइएको छ।

बैतडीमा हालसम्म १ लाख ७८ हजार बढीले कोरोना विरुद्धको पूर्ण खोप पाएका छन् भने ९७ हजार ६१९ जनाले बुस्टर डोज लगाएका छन्।

भारतसंग सीमा जोडिएको बैतडीमा हालसम्म तीन हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। कोरोनाकै कारण यहाँ १९ जनाले ज्यान समेत गुमाइसकेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस