३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीको चिह्नबाट चुनाव लड्ने निर्णय गरेका वामदेवले कति सिट दाबी गरे ? 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने निर्णय गरेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् ।

गौतमले यही दाबीका साथ माओवादी केन्द्रको चिह्नबाट आसन्न निर्वाचनमा भाग लिन लागेको बताएका हुन् । माओवादीको चुनाव चिह्न आफूहरूलाई सहज लागेको गौतमले बताए । उनले यो पार्टी एकीकरण नभई चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन लागेको मात्र भनेर प्रष्ट्याए ।

नेकपा माओवादी केन्द्रको आज बिहान बसेको स्थायी कमिटी बैठकले वामदेव गौतम र बाबुराम भट्टराई नेतृत्वको नेसपालाई गोलाकार भित्रको हसिया हथौडा चिह्नमा चुनाव लड्न दिने निर्णय गरेको छ । बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले वामदेव गौतम र बाबुराम भट्टराईलाई माओवादी केन्द्रको चुनाव चिह्नमा लड्न दिने निर्णय गरेको जानकारी दिए ।

माओवादी केन्द्र, बाबुराम नेतृत्वको नेसपा र वामदेव नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानका नेताहरू आज निर्वाचन आयोगको कार्यालयमा पुगेर एउटै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने जानकारी गराउँदै छन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा गठन हुँदा बामदेव गौतम प्रचण्ड खेमामा थिए । तर सर्वोच्च अदालतले पार्टी एकता भङ्ग गरिदिएर पूर्ववत् अवस्थामा फर्किँदा गौतम भने कतै पनि लागेनन् । उनले एमाले र माओवादीलाई एकता प्रक्रियामा ल्याउन प्रयास जारी गर्ने भन्दै १४ माघ २०७७ मा नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरेका थिए ।

दुई वा दुई भन्दा बढी दलले एउटै चुनाव चिह्नमा चुनाव लडेपछि परिणामले सबैभन्दा ठूलो दल जुन हुन्छ, उसैको संसदीय दल अन्तर्गत निर्वाचित जुन प्रतिनिधि रहन्छन् ।

सम्बन्धित समाचार : प्रचण्ड र बाबुराम संयुक्त दल दर्ता गर्न निर्वाचन आयोग जाँदै

सम्बन्धित समाचार : वामदेव पनि माओवादीको चिह्नबाट चुनाव लड्ने

प्रतिक्रिया दिनुहोस