आजको मौसम : वाग्मतीसहित तीनवटा प्रदेशमा बिहानैदेखि वर्षा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आजको मौसम : वाग्मतीसहित तीनवटा प्रदेशमा बिहानैदेखि वर्षा


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । देशका विभिन्न भागमा आज पानी पर्ने भएको छ । आज बिहान देशका अधिकांश भू-भागमा आंशिक बदली रहको छ । प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थानमा र बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै र बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, गेग्रान बहावको सम्भावना रहेको छ । वर्षाका कारण यातायात सेवासमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्क हुन विभागको आग्रह छ । 

Tags :
प्रतिक्रिया दिनुहोस