काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अरु दलसँग गठबन्धन, तालमेल वा सहकार्यबारे निर्णय लिने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।
सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको तर्फबाट गठबन्धन, तालमेल वा सहकार्यको निर्णय गर्ने एकल अधिकार लिङ्देनलाई दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
हेर्नुहोस् राप्रपाको निर्णय
