८ सय ८८ जनामा कोरोना संक्रमण, ४७४ जना कोरोना मुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

८ सय ८८ जनामा कोरोना संक्रमण, ४७४ जना कोरोना मुक्त


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।

तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस