निकुञ्जमा घाँस काट्न गएकाको मृत्यु भएपछि स्थानीयद्वारा सुर्खेत सडक अवरुद्ध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निकुञ्जमा घाँस काट्न गएकाको मृत्यु भएपछि स्थानीयद्वारा सुर्खेत सडक अवरुद्ध


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । सुर्खेत भेरीगंगा-५ का स्थानीयले नेपालगञ्ज-सुर्खेत जोड्ने रत्न राजमार्ग अवरुद्ध गरेका छन्।

जङ्गली जनावरको आक्रमणबाट स्थानीय दुई जनाको मृत्यु भएपछि आफन्त र छिमेकीले राजमर्गअन्तर्गत बबईमा सडक अवरुद्ध गरी आन्दोलन गरिरहेका छन्।

आइतबार बेलुका भेरीगंगा-५ गेरवानीका रामबहादुर चन्द र कवी ओलीको जनावरले आक्रमण गरेको अवस्थामा शव फेला परेको थियो। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका उनीहरू मृत फेला परेका थिए।

स्थानीयले मानवीय क्षति पुर्‍याउन जङ्गली जनावरलाई नियन्त्रणमा लिनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने तथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने माग राख्दै सोमबार बिहान ११ बजेदेखि सडक अवरुद्ध गरिरहेका छन्।

स्थानीयले सडक अवरुद्ध गरेपछि सुर्खेत भित्रिने र सुर्खेतबाट बाहिरिने यात्रुहरू मर्कामा परेका छन्।

स्थानीयसँग समन्वय गरी अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस