राष्ट्रपति भण्डारी पोखरा जाँदै « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति भण्डारी पोखरा जाँदै


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा जाने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे पोखरा पुग्ने छिन् ।

पोखरा झरेलगत्तै भण्डारी पोखरा ग्राण्डमा लन्चका लागि पुग्नेछिन् । आज उनी ग्राण्डमै बस्ने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

राष्ट्रपति भण्डारी मंगलबार बिहान विन्ध्यवासिनी मन्दिरको दर्शन गर्नेछिन् । त्यसपछि उनी विन्ध्यवासिनी माविको हिरक जयन्तीमा सहभागी हुने प्रजिअ आचार्यले बताए ।

मंगलबार दिउँसो उनी गुरुङहरुको विशेष चाड ट्योंटेको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने छिन् । कार्यक्रमलाई सम्वोधन गरेर राष्ट्रपति भण्डारी मंगलबार अपराह्न ४ बजे काठमाडौं फर्किने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस