बञ्चरेडाँडा-सिसडोलका स्थानीयले फिर्ता लिए आन्दोलन « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

बञ्चरेडाँडा-सिसडोलका स्थानीयले फिर्ता लिए आन्दोलन


३० श्रावण २०७९, सोमबार


काठमाडौँ। सिसडोल-बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले काठमाडौँ उपत्यकाको फोहोरमाथिको अवरोध र आन्दोलन फिर्ता लिएका छन् । 

मन्त्रिपरिषद्को निर्णय निर्देशन र सहरी विकास मन्त्रालयले कार्यान्वयन गर्न दुई महनाभित्र सबै समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेसँगै आन्दोलन फिर्ता लिएका हुन् ।

यसका लागि मन्त्रालयका पदाधिकारीहरूले  प्राविधिक टोलीसँग संयुक्त हस्ताक्षर गरेका छन् ।

दुबै ल्ल्याण्डफिल साइटका स्थानीयले भदौ १ गतेदेखि सधैँका लागि उपत्यकाको फोहोर ढुवानी बन्द गर्ने घोषणा गरेका थिए । मन्त्रालयको निर्णयसँगै तत्काल आन्दोलन फिर्ता लिएको बञ्चरेडाँडा ल्यण्डफिलसाइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समिति धादिङ–नुवाकोटका संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिए । 

उनले सिसडोल–बञ्चरेडाँडा ल्यण्डफिल साइट प्रभावित कोल्पुखोला आधारक्षेत्रका नागरिकको जिउधन र वातावरण रक्षाको लागि सरकारले ऐतिहासिक निर्णय गरेको प्रतिक्रिया दिएका छन् । 

मन्त्रालयको निर्णय अनुसार प्राविधिक टोली भदौ १ गतेदेखि प्रभावित क्षेत्रमा खटिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस