काठमाडौँ । प्रतिनिधिसभा सदस्य रेनुका गुरुङले सरकारको प्रशासनिक र न्यायिक संयन्त्र असफल भएको टिप्पणी गरेकी छन्।
निहारिका राजपुतले राष्ट्रपति भवन अगाडी आत्मदाह गर्ने अवस्था आएको भन्दै उनले यस्तो बताएकी हुन्।
आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले निहारिका राजपूतजस्ता हजारौँले समयमा न्याय पाउने अवस्था किन आयो भन्दै सरकारलाई प्रश्न गरेकी छन्।
सांसद गुरुङले भनिन, ‘के यो सरकार दलाल पुँजिवाद, भ्रष्टाचारी तथा विचौलियाहरुको संरक्षणको लागि मात्रै हो? आज निहारिका राजपुत जस्ता नेपाली छोरीले राष्ट्रपतिज्यूको भवन अगाडी आत्मदाह गर्ने अवस्था किन आयो? सरकारले निजलाई समयमै न्याय दिन नसक्नुको कारण के हो ? के सरकारको प्रशासनिक तथा न्यायिक संयन्त्र असफल भएकै हो ?’