एउटै चुनाव चिन्ह लिएर लड्ने प्रचण्ड र बाबुरामको सहमति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एउटै चुनाव चिन्ह लिएर लड्ने प्रचण्ड र बाबुरामको सहमति


२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईबिच आगामी प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ ।

आइतबार बिहान करिब ७ बजे खुमलटार पुगेका डा।भट्टराई र अध्यक्ष प्रचण्डबीच करिब एक घण्टा छलफल भएको थियो ।

आजको छलफलपछि दुई नेताबिच निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको हो । यद्यपि, सहमतिलाई औपचारिक रुप दिन भने बाँकी रहेको छ । त्यस्तै, दुई पार्टीले एउटै घोषणापत्र लिएर चुनावमा जाने पनि सहमति भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस