आफ्नो समूहका नेताहरूसँग छलफल गर्दै शेखर कोइराला « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

आफ्नो समूहका नेताहरूसँग छलफल गर्दै शेखर कोइराला


२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले आज आफ्नो समूहका नेताहरूसँग छलफल गर्दै छन् ।

भातृसंस्थाहरू गठन गर्दा नेतृत्वले उनीहरूसँग परामर्श नगरेकोप्रति शेखर समूह असन्तुष्ट छ । सोही विषयमा समूहका नेता तथा भातृसमूहका नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

दिउँसो २ बजेपछि बालुवाटारस्थित शेखरको सम्पर्क कार्यालयमा छलफल हुने नेता गुरुराज घिमिरेले जानकारी दिए । शेखरलाई भेट्न र परामर्श गर्न भातृ एवं शुभेच्छुक संस्थाका युवा नेता त्यहाँ जाँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस