रानीबारी क्षेत्रमा आज बिहान ११ बजेदेखि ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

रानीबारी क्षेत्रमा आज बिहान ११ बजेदेखि ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने


२९ श्रावण २०७९, आइतबार


काठमाडौं । काठमाडौँको रानीबारी क्षेत्रमा आज बिहान ११ बजेदेखि चार घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

बिजुलीको तार भूमिगत गर्ने काम भइरहेकाले सामाखुसी ११ केभी फिडर अन्तर्गतका रानीबारी र रानीबारी आवास क्षेत्रमा आज बिहान ११ बजेदेखि ३ बजेसम्म विद्युत् आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणका सहायक इन्जिनियर लिलाभक्त चालिसेले जानकारी दिए । 

‘पानी पर्‍यो भने काम गर्न मिल्दैन, यदि पानी परेन भने आज बिहान ११ बजदेखि ३ बजेसम्म लाइन काटेर काम थाल्छौँ,’ उनले भने ।

काम छिटो सकियो भने ३ बजेभन्दा अगाडि नै र प्राविधिक कारणले काममा ढिलो भयो भने ३ बजेभन्दा पछिमात्र पनि विद्युत् आपूर्ति सुरु हुन सक्ने उनले बताए ।

यसैबीच टोखा क्षेत्रमा पनि आज बिहान केहीखेर विद्युत् आपूर्ति बन्द हुने भएको छ । ट्रान्सफर्मर परिवर्तन गर्न लागिएकाले आज बिहान आठ बजेदेखि साढे आठ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने सहायक इन्जिनियर चालिसेले बताए ।

काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली ९तार०लाई भूमिगत बनाउने काम २०७६ फागुन ५ गतेदेखि सुरु गरिएको थियो । अबको एक वर्षभित्र काठमाडौंमा सबै तार भूमिगत गरिसक्ने लक्ष्य नेपाल विद्युत् प्राधिकरणले लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस