१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले राजनीतिलाई प्रतिस्पर्धाबाट दुश्मनीतर्फ लग्यो : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले मुलुकलाई प्रतिस्पर्धाको राजनीतिबाट दुश्मनीतर्फ लगेको आरोप लगाएका छन् ।

लोकतान्त्रिक शेर्पा संघले आयोजना गरेको कार्यक्रममा उनले सत्तारुढ गठबन्धनले प्रतिस्पर्धा गर्न नसकेर सत्रुता गर्न खोजिरहेको आरोप लगाएका हुन् ।

ओलीले भने, ‘लोकतन्त्रमा सत्रुता हुँदैन । अहिलेको गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्न आँट गरिरहेका छैनन, सत्रुता गर्न खोजिरहेका छन् ।’

विगतमा जातीय, क्षेत्रीय, नारा लगाउनेहरु अहिले राजनीतिमा दुश्मनी गर्न लागेको बताए । ‘राजनीतिमा प्रतिस्पर्धा गरौँ न मारामार किन गर्ने, चुनाव लडौं न मारामार किन गर्ने, भोट खसाऔँ न गठबन्धनकाले एक्लै लड्न कसैले आँट गरेनन्’ ओलीले भने ।

काँग्रेसको आलोचना गर्दै ओलीले काँग्रेस लौरो टेकेर पनि अडिन नसक्ने भएको टिप्पणी गरे । ‘लोकतन्त्रलाई काँग्रेसले गलत दिशामा लैजान खोजिरहेको छ, प्रतिस्पर्धातिर होइन’ उनले भने, ‘दुष्मनीतर्फ लडाइँ झगडातर्फ लैजान खोजेको छ । जुन देशका लागि अत्यन्त दुर्भाग्यपूर्ण हुन्छ ।’

मुलुकको राजनीतिकलाई दुश्मनीतर्फ लैजाँदा बाह्य शक्तिले फाइदा लिन सक्ने ओलीले बताए । ‘देशभित्र जनताका बीचमा दुश्मनी भयो भने विकृत रुप लिन्छ, त्यसले अरुलाई फाइदा हुन्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस