थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु


२७ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४७१२ जनाको नमुना परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै २२९० जनाको पीसीआर र २४२२ जनाको एन्टिजेनबाट नमुनाको परीक्षण गर्दा पीसीआरबाट ४१९ र एन्टिजेनबाट ३६२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ५११ जना संक्रमणमुक्त भएका छन् ।

हाल कोरोना सक्रिय सङ्क्रमितको संख्या ५७७५ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस