किन भेटिन् रेखा थापाले केपी ओलीलाई ? « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

किन भेटिन् रेखा थापाले केपी ओलीलाई ?


२७ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापाबिच भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा बुधबार भएको भेटमा राप्रपा महामन्त्री कुन्ती शाही पनि उपस्थित थिइन् । रेखाले समसामयिक राजनीति र चुनावबारे ओलीसँग छलफल भएको बताइन् ।

रेखाले भनिन्, ‘समग्रमा देश र अहिलेको राजनीतिक अवस्थाबारे पार्टीगत कुराकानी भयो । राजनीतिमा छोरीहरुको अवस्थाबारे पनि छलफल भयो । उहाँ अभिभावकजस्तै हो नि त।’

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने सम्भावनाको पृष्ठभूमिमा ओलीसँग रेखा र कुन्तीले भेट गरेका छन् । यसबारे पनि कुराकानी भएको रेखाले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस