२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कतार प्रहरीको नाममा भइरहेको ठगीमा मन्त्रीको कुनै संलग्नता नभएको श्रम मन्त्रालयको स्पष्टोक्ति 

अ+ अ-

काठमाडौँ। कतार प्रहरीको नाममा भइरहेको ठगीमा मन्त्रीको कुनै संलग्नता नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको स्पष्ट पारेको छ । 

 ‘कतार प्रहरीको नाममा फेरी ठगी धन्दा सुरु’ भन्ने शीर्षकमा केही सञ्चारमाध्यममा प्रसारित समाचार र त्यसमा श्रम मन्त्रीको नै संलग्नता भएको भन्ने समाचारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खण्डन गर्दै मन्त्रालय, वैदेशिक रोजगार विभाग र मन्त्री शेरबहादुर कुँवरको नाम जोड्ने गरी समाचार प्रसारण भएकोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको हो ।

‘केही पत्रिकाबाट विना प्रमाण, कपोकल्पित, काल्पनिक समाचार प्रसारण गरी मन्त्रालय र स्वयं माननीय मन्त्रीज्यूको नामसमेत जोडेर वैदेशिक रोजगार प्रणालीमा भ्रम सिर्जना गर्ने, व्यक्तिगत चरित्र हत्या गर्ने काम भएकोमा खेद प्रकट गर्दै यसबाट भ्रममा नपर्न सबै प्रति सादर अनुरोध गर्दछौ । साथै यस कार्यमा यस मन्त्रालय र माननीय मन्त्रीज्यूको कुनै पनि किसिमको संलग्नता नरहेको जानकारी गराउँदछौ ।’ मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले वैदेशिक रोजगार विभाग इजाजत पत्र लिएर वैदेशिक रोजगार व्यवसाय गरिरहेको म्यानपावर कम्पनीमाथि बुधवार आकस्मिक अनुगमन गरी त्यससम्बन्धी कार्य शङ्कास्पद देखिएकोले यस सम्बन्धी कागजात बरामद गरेको र बाँकी अन्य आवश्यक अनुसन्धान कार्यसमेत भइरहेको ब्यहोरा जनाएको छ ।

साथै यस्ता किसिमका शङ्कास्पद क्रियाकलाप सञ्चालन गरी व्यवसायलाई नै बदनामी गराउने र अमर्यादित तुल्याउने कार्य कसैबाट पनि नगर्नु नगराउन मन्त्रालयले विज्ञप्तिमार्फत आग्रह गरेको छ । मन्त्रालयले यस किसिमका क्रियाकलाप सञ्चालन गरेको फेला पारेमा प्रचलित ऐन कानुन अनुसार कारबाही गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस