मोरङमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मोरङमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन


२६ श्रावण २०७९, बिहिबार


राष्ट्रिय परिचयपत्र

विराटनगर । मोरङमा राष्ट्रिय परिचयपत्रका लागि अहिलेसम्ममा २ लाख २२ हजार १ सय ३१ जनाको विवरण सङ्कलन भएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले राष्ट्रिय परिचयपत्रका लागि दर्ता अभियानसम्बन्धी जानकारी दिँदै मोरङमा अहिलेसम्म १७ वटा पालिकामध्ये आठवटामा सो विवरण सङ्कलनको काम पूरा भएको जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र जिल्ला प्रशासन कार्यालय मोरङद्वारा हालै आयोजित एक कार्यक्रममा सो जानकारी गराइएको हो । नेपालमा सबैभन्दा पहिले प्रदेश नं १ को पाँचथर जिल्लाबाट सुरु भएको यो अभियान मोरङमा गएको असोजदेखि सुरु भएको थियो । यस प्रदेशमा अहिले १३ जिल्लामा अभियान सञ्चालन रहेको बताइएको छ ।

सन् २०२४ सम्ममा सम्पन्न हुनुपर्ने यो अभियानका लागि देशभार सात हजार कर्मचारी परिचालन भएको र रुजु गर्ने अधिकारीहरू पनि परिचालन भएका जानकारी पनि उनले दिए । प्रदेशमा सोलुखुम्बु जिल्लामात्र अभियान सञ्चालन गर्न बाँकी रहेको र गलत विवरण दिने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको पनि बताइएको छ ।

यो परिचयपत्रका लागि देशभरिमा हालसम्म ३३ जिल्लामा सम्पन्न भई ७५ लाख मानिसको विवरण सङ्कलन भइसकेको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राष्ट्रिय परिचयपत्र बनाउन नागरिक स्वयं सक्रिय हुनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस