उच्च अदालतको न्यायाधीशका लागि २ सय ७७ जनाले दिए आवेदन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उच्च अदालतको न्यायाधीशका लागि २ सय ७७ जनाले दिए आवेदन


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । उच्च अदालतको न्यायाधीशका लागि २७७ जनाले आवेदन दिएका छन्।

न्याय परिषद्‌ले २७ पदसंख्याका लागि साउन ११ गते दरखास्त आह्वान गरेको थियो। सोही आह्वानअनुसार इच्छुक २ सय ७७ जनाले आवेदन दिएका हुन्।

परिषदका अनुसार कानुनव्यवसायीमा १ सय ६१, जिल्ला न्यायाधीमा ७५, न्याय समूहका कर्मचारीमा १३, सरकारी वकिल समूहका कर्मचारीमा ९, कानुन समूहका कर्मचारीमा ८ र अन्यमा ११ जनाले आवेदन दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस