करुवामा लुकाएर खैरो हेरोइनको व्यापार, ४ जना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

करुवामा लुकाएर खैरो हेरोइनको व्यापार, ४ जना पक्राउ


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट प्रहरीले लागू औषध (खैरो हेरोइन) कारोबारमा संलग्न दम्पती सहित ४ जनालाई पक्राउ गरेको छ । 

इटहरी उपमहानगरपालिका–६ स्थित आइतबारेबाट प्रहरीले साउन २० मा इटहरी-४ घर भएका २८ वर्षका सुशान्त घिमिरे र २७ वर्षीया सिर्जना ओझाको साथबाट १ ग्राम १५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो ।

उनीहरूको बयानका आधारमा खैरो हेरोइनको डिलर सञ्चालक धनकुटा घर भएर इटहरी बस्ने ३४ वर्षीय विर्त सिंह राई र उनकी पत्नी ३५ वर्षीया पवित्रा राईलाई  प्रहरीले पक्राउ गरेको छ ।

​विर्त सिंह राईको डिलरमा ३ वटा करुवामा लुकाएर राखेको अवस्थामा ३३ ग्राम ९० मिलिग्राम खैरो हेरोइन फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले बताए । 

सुशान्त र सिर्जनालाई विर्त सिंहले खैरो हेरोइन बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।  आरोपीहरूमाथि अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस