२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

द्वन्द्व विस्थापित रोल्पाका १५ शिक्षक पुनर्बहाली

अ+ अ-

काठमाडौँ। रोल्पामा सशस्त्र द्वन्द्वबाट विस्थापित भई जागिर गुमाएका १५ जना शिक्षक पुनर्बहाली भएका छन् ।

उनीहरूले आइतबार शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाबाट पुनर्बहालीको पत्र बुझी दरबन्दी रिक्त रहेका विद्यालयमा हाजिर हुन गएका छन् ।

यसरी पुनर्बहाली हुने शिक्षकहरूमा २ जना निम्न माध्यामिक तह र १३ जना प्राथमिक तहका रहेको शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले जानकारी दिएको छ ।

जिल्लाका रिक्त रहेका विद्यालयहरूमा उनीहरूलाई पुनर्बहालीको पत्रसहित पठाई सकिएको शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाका कार्यालय प्रमुख दुर्गाबहादुर खड्काले बताए ।

पुनर्बहाली हुने शिक्षकहरूमा निम्न माध्यमिक तहमा कुमार शाह र डम्बरबहादुर बुढामगर रहेका छन् ।

यसैगरि प्राथमिक तहमा केशबहादुर बाँठामगर, शेरबहादुर बुढामगर, कमानसिंह पुनमगर, मनखना घर्तीमगर, दिलप्रसाद घर्तीमगर, रामचन्द रोकामगर रहेका छन् ।

पुनर्बहाली हुने प्राथमिक तहका अन्य शिक्षकहरूमा रत्नबहादुर घर्तीमगर, रेशमकुमार शाह, अम्मरबहादुर महरा, भक्तबहादुर चन्द, मनप्रसाद बुढामगर, शेरबहादुर रोकामगर र देवप्रसाद पुन रहेका छन् ।

सरकारले माओवादी जनयुद्ध र आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीहरूलाई पुनर्बहाली र क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले देशभरका ५८६ जना शिक्षक तथा कर्मचारी व्यवस्थापनको निर्णय गरेको थियो ।

पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षमा गठित कार्यदलले २०७३ मंसिरमा दिएको प्रतिवेदन अनुसार मन्त्री परिषद्ले सो निर्णय गरेको थियो ।

उनीहरूले विद्यालयमा हाजिर भएको मिति देखिको तलब भत्तालगायतका सुविधा दिने तर सेवाबाट हटाइको मितिदेखि पुनर्बहाली भई हाजिर नहुन्जेलको अवधिको तलब भत्ता, बिदा, पोसाक, चाडपर्व खर्चलगायत सुविधा नदिने निर्णय गरेको थियो ।

द्वन्द्वका कारण लामो समय लडेको कानुनी लडाइँले सार्थकता पाएका द्वन्द्व पीडित शिक्षक दिनमणि भण्डारीले प्रतिक्रिया दिए ।