२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्यादतीका साथ चुनाव गराउन लागेको एमाले सचिवको आरोप

अ+ अ-

पोखरा । नेकपा एमालेकी सचिव पद्मा अर्यालले विगतको भन्दा धेरै ज्यादतीका साथ सरकारले चुनाव गराउन लागेको आरोप लगाएकी छन् ।

आगामी चुनावलाई लक्षित गरी गठबन्धन पार्टीका जिल्ला सभापतिले गरेको सिफारिसको आधारमा गृहमन्त्रीको अगाडि कसम खुवाएर प्रमुख जिल्ला अधिकारीहरुलाई खटनपटन गराउन काममा सरकार लागेको आरोप उनले लगाइन् ।

आज पोखरामा आयोजित पत्रकार भेटघाटमा अर्यालले भनिन्, ‘गठबन्धनका जिल्ला सभापति, खासगरी नेपाली कांग्रेसका जिल्ला सभापतिले सिफारिस गरेर, गृहमन्त्रीको अगाडि उभ्याएर, कसम खुवाएर सीडीओ खटाउने तयारी छ । यस्तो हिसाबले चुनाव गराइँदै छ । चुनाव कस्तो होला हामीले अनुमान गरेकै छौं ।’ जस्तो भए पनि एमालेले चुनावको सामना गर्ने र मुलुकको पहिलो शक्ति बन्ने दाबी उनले गरिन् ।

विगतमा भोट लुट्न सहज हुने गरी मतदान केन्द्र बनाइएको आरोप लगाउँदै उनले आगामी चुनावमा पनि त्योभन्दा भयंकर ज्यादती हुने आशंका गरिन् ।

एमाले सचिव अर्यालले भनिन्, ‘आउने चुनाव पनि लुट्ने खालको हिसाबले यो गठबन्धन गइरहेको छ । लुट्नु भनेको डकैती हो । निर्वाचनमा डकैती गर्नु भनेको लोकतन्त्रको चीरहरण हो । लोकतन्त्रको चीरहरण गर्ने काममा यो सरकार लालायित भएको छ, आउने चुनावको मिति पनि त्यही योजना बनाएर, जसरी स्थानीय चुनाव गरियो, त्योभन्दा अझ भयंकर ज्यादतीका साथ चुनाव गराउने तयारीका साथ सरकार लागिपरेको छ ।’

प्रतिक्रिया दिनुहोस