काठमाडौँ । ६ लाख घुससहित रंगेहात पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको गाडीबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद गरिएको छ ।
उनले प्रयोग गर्ने बा १ झ ९९४६ नम्बरको सरकारी गाडी खानतलासी गर्दा स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले प्रशासन विशेष ब्युरोलाई बताए ।

प्याराग्लाइडिङको लाइसेन्स दिएबापत घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार कार्यालय टंगालबाट खटिएको टोलीले उपसचिव नेपाललाई काठमाडौँ महानगरपालिका वडा नं. १ मनकामना मार्गस्थित होटेल अरण्यको परिसरबाट नियन्त्रणमा लिएको थियो ।
सम्बन्धित समाचार : ६ लाख घुससहित उपसचिव पक्राउ