नाग पञ्चमीमा सार्वजनिक बिदा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नाग पञ्चमीमा सार्वजनिक बिदा


१६ श्रावण २०७९, सोमबार


काठमाडौँ । कर्णाली प्रदेश सरकारले साउन १७ गते सार्वजनिक बिदा दिएको छ । साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) मा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

कर्णाली प्रदेश सरकारको गत चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) मा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधि राज न्यौपानेले बताए।

मन्त्रालयद्वारा जारी सार्वजनिक बिदा सम्बन्धी सूचनामा भनिएको छ ‘मिति २०७९ साउन १७ गते मङ्गलवार साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक सङ्घ संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।’

Tags :
प्रतिक्रिया दिनुहोस