सचिव बढुवाकालागि विष्टको नाम सिफारिस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सचिव बढुवाकालागि विष्टको नाम सिफारिस


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले लेखा परीक्षणतर्फ रिक्त सचिव(विशिष्ट श्रेणी) पदका लागि सहसचिव बिन्दु विष्टको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव विष्टको नाम सिफारिस गरेको हो । विष्ट महालेखापरीक्षकको कार्यालयमा नायव महालेखापरीक्षकमा कार्यरत छिन् । उनी प्रवक्तासमेत हुन् ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन(८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव विष्टको नाम मात्रै सिफारिस भएको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस विष्टलाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस