सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी)पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । 

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कनका आधारमा डा. दीपक काफ्ले, नारायण शर्मा दुवाडी र दिनेश घिमिरेको नाम सिफारिस गरेको हो । 

काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारीमा छन् भने शर्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा प्रमुख र घिमिरे चीनको छेन्दुस्थित नेपाली दूतावासमा महावाणिज्यदूतका रूपमा कार्यरत छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने साउन १२ गतेदेखि अनिवार्य अवकाशमा गएसँगै रिक्त पदका लागि सिफारिस भएको हो ।

सम्बन्धित समाचार : पर्यटन सचिव न्यौपाने अवकाश

अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ सिफारिस भएका ३ सहसचिवमध्ये एक जनलाई सचिवमा बढुवा गर्नेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस